अब बागमतीको सट्टा प्रदेशको नाममा मोटरसाइकलको नम्बर

 कात्तिक ९, २०७५ शुक्रबार ८:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बाग्मती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता आजदेखि खुल्ने भएको छ । यसअघि अञ्चलका  नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि आजदेखि दर्ता खुलाउन लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ ।

प्रदेशभित्रमा पनि यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुने विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । नम्बर प्लेटमा गाडीको समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया