आज हिजोअस्तिको जस्तो गर्मी नहुने, पहाडी केही ठाउँमा हल्का वर्षाको अनुमान

 जेठ २८, २०८० आइतबार ७:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । यसकै प्रभावका कारण काठमाण्डौसहित पहाडी क्षेत्रमा चिसो हावा चल्न सुरु भएको छ । जलवाष्पयुक्त हावाको केही प्रभाव तराईका जिल्लामा पनि पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

तराईका जिल्लामा एकै पटक धेरै तापक्रम नघटे पनि केही घट्ने र अलिकति भए पनि राहत मिल्ने उहाँको भनाइ छ । एक हप्ताभन्दा लामो समयदेखि तराईमा लगातार तापक्रम बढिरहेको छ भने तातो हावा लू चलिरहेको छ । अत्यधिक गर्मीका कारण तराईका धेरैजसो विद्यालय बन्द छन् । अब भने बिस्तारै राहत मिल्ने अनुमान छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया