मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थाल्याे, तराईमा भने आज पनि 'लू' चल्ने अनुमान

 जेठ २९, २०८० सोमबार ६:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । पनी पर्न सुरु भए पनि मनसुनी गतिविधि सुरु नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुनी गतिविधिकै कारण यी क्षेत्रको मौसम बदली भई पानी पर्न थालेको हो ।

गए राति (आइतवार) पनि काठमाण्डाै उपत्यकासहित देशका केही ठाउँमा पानी परेकाे थियाे ।

पानी पार्ने प्रणाली पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा सरिरहेको छ । मनसुनी गतिविधिमा पूर्वबाट पश्चिमतर्फ प्रणाली सर्छ । त्यसैले यसलाई मनसुनी गतिविधि भन्न नमिल्ने माैसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनी गतिविधि एक/दुई दिनमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।

समान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ । तर एक/दुई दिन भने तलमाथि हुन सक्ने मौसमविद्ले बताएका छन् । आज जुन १२ तारिख हो । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको छ । यसले केही शीतल बनाएको छ । तर यो प्रणालीको असर मध्य र पश्चिम तराईमा भने नपरेकाले त्यहाँ आज पनि तातो हावा, 'लू' चल्ने अनुमान छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया