आधुनिक प्रविधि भित्रिएपछि डोटीमा लोप हुँदै परम्परागत तेल पेल्ने कोल

 कात्तिक ९, २०७५ शुक्रबार १४:८:१७ | विमल बिष्ट
unn.prixa.net

डोटीको गाउँघरमा लोप हुदै तेल पेल्ने कोलहरु

डोटी – प्रविधिको विकासक्रमसँगै डोटी जिल्लाका ग्रामिण क्षेत्रमा परम्परागत प्रविधिमा आधारित तेल पेल्ने कोल लोप हुँदै गएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएको स्थानीयहरु बताउँछन्। पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको जोरायल गाउँपालिका–५, गड्सेराका दिलबहादुर बिष्टले बताउनु भयो ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको उहाँको भनाई छ । 

बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । 

जिल्लामा भएका सयौँको संख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेको अर्का स्थानीय चेत बिष्टले बताउनु भयो । 

गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम लाग्न गर्दछ ।

बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको बड्डीकेदार गाउँपालिका–४, का लालबहादुर धामीले बताउनु भयो । 

करीब एक दशक अगाडि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देख्न मुस्किल भएको उहाँको भनाई छ । 

आधुनिक मेशिनको बढ्दो प्रयोग र विकासँगै प्रयोगकर्ताले सामग्रीको प्रयोग र संरक्षण बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेपछि स्थानियबासी चिन्तित बनेका छन् ।

 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया