मनसुन नेपाल प्रवेश गर्ने चरणमा, पछिल्लो १२ घण्टामा पूर्वका धेरै ठाउँमा वर्षा

 जेठ ३०, २०८० मंगलबार ६:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको मनसुन नेपालको नजिकै आइपुगेको छ । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएकोमा अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने अवस्था बनेको हो ।

मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । गण्डकी प्रदेशभन्दा पूर्वतर्फ रहेका सबैजसो वर्षा मापन केन्द्रहरुले पानी परेको देखाएका छन् । पछिल्लो १२ घण्टामा दोलखाको सिँगटीमा झण्डै ६० मिलिमिटर वर्षा भएको छ । यस्तै, काठमाण्डौमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

पश्चिमको डडेल्धुरामा पनि वर्षा भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन ।

यस्तै,आज पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना कायमै रहेको र बाँकी भूभागमा मौसम बदली र वर्षासँगै गर्मी कम हुँदै जाने महाशाखाले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • रत्न बहादुर पौडेल

    June 15, 2023, 2:35 p.m.

    मनसुनि वर्षा को प्रभावले कृषक खुशियालि भएको पाईन्छ ।

  •  0 Reply
  • Bikky Gupta

    June 14, 2023, 6:05 p.m.

    Terai ma lastai hot weather xa

  •  0 Reply
  • Laxmi

    June 14, 2023, 8:26 a.m.

    Wow godd

  •  0 Reply

तपाईको प्रतिक्रिया