केआईसिंह राजमार्ग आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने

 जेठ ३०, २०८० मंगलबार ११:५१:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डडेल्धुरा–डोटी जोड्ने डा. केआईसिंह राजमार्ग आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवामा पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्तासम्म याे राजमार्ग दैनिक चार घण्टा सडक अवरुद्ध हुने भएको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । 

सडक डिभिजन कार्यालय कुलपातेका अनुसार आजदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरुपमा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ ।

२०७८ साल कात्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो । सडक भासिँदा एक हप्ता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक–पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया