एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हरायो

 कात्तिक ९, २०७५ शुक्रबार १६:५२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ । 

पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई २–० को हराएको हो । छनोटको दोस्रो चरणमा स्थान बनाउन ‘गर या मर’को अवस्थामा रहेको यस खेलमा नेपालका लागि दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरिन् । 

थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।

८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन् । भारतीय गोलरक्षक अगाडि बढेको अवस्थामा शानदार चीप शटमार्फत उनले गोल गरेकी हुन् ।
 
जितसँगै नेपालको एएफसी च्याम्पियनसिपमा छनोट हुने सम्भावना जीवितै बनेको छ । नेपालको २ खेलबाट ३ अंक भएको छ । समान एक जित र एक हारको नतिजा निकालेको भारतको पनि तीन अंक नै छ । समूहको पहिलो खेलमा भारतले पाकिस्तानबिरुद्ध १८–० ले हराएको थियो ।

६ समूहबाट एक एक समूह विजेता र समूहको उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया