जीप दुर्घटनामा पूर्व मेयर गिरीको ज्यान गयो

 असार २, २०८० शनिबार ७:२६:४१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको जीप दुर्घटनामा ज्यान गएको छ । 

गए राति राङ खोलाबाट स्याङ्जा बजारतर्फ गइरहेको गिरी सवार बा १५ च १७०९ नम्बरको जीप पुतली बजार नगरपालिका १० बर्जामा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति पौने बाह्र बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सडकको भित्तामा ठोक्किएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारी चालक पुतली बजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गिरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया