यूएईमा इन्टरनेटमा कसैलाई गाली गरेमा जेल सजायदेखि पाँच लाख दिर्हामसम्म जरिबाना

 असार ३, २०८० आइतबार १४:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सामाजिक सञ्जाल होस् वा अन्य कुनै इन्टरनेटका माध्यम, कसैलाई बेइज्जती तथा आघात पार्ने खालका शब्द ‘टाइप’ गर्नु केही क्षणको कुरा हो । तर त्यसले अरुलाई ठूलो असर पार्न सक्छ । यदि तपाईं यूएईमा हुनुहुन्छ भने त झन् यस्ताे कार्यले जेल सजायदेखि लाखाैँ रुपैयाँ जरिबाना पनि तिर्नुपर्ने हुनसक्छ । 

भौतिक दुनियाँमाजस्तै इन्टरनेटको दुनियाँमा पनि शान्ति सुव्यवस्था कायम राख्न यूएईले कडा कानुन बनाएको छ । 'स्टुपिड' र 'इडियट' जस्ता शब्द प्रयोग गरेर कसैलाई म्यासेज र कमेन्ट गरेकै कारण पनि जेल सजाय साथै लाखौँ दिर्हाम जरिबाना तिनुपर्ने हुनसक्छ ।

यूएईले भर्खरै जारी गरेको सार्वजनिक अभियोजन सम्बन्धी नियमले कसैलाई गाली गर्नु, अपमान गर्नु वा मानहानी हुने कार्य गर्नुलाई गम्भीर ठूलो जरिबानाको भागिदार हुनेपर्ने भन्दै त्यस्तो नगर्न सचेत गराएको खलिज टाइमले लेखेको छ । 

यूएईमा इन्टरनेटका कुनै पनि माध्यम प्रयोग गरी कसैलाई गाली गर्नु, कसैको अपमान गर्नु, कसैको मानहानी हुने कार्य गर्नु ठूलो अपराध मानिन्छ । कसैले यस्ता क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई दुई लाख पचास हजारदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

पीडित व्यक्ति यदि सार्वजनिक क्षेत्र वा सेवामा कार्यरत भएमा जरिबाना झन् धेरै हुने कानुनमा उल्लेख छ । २०२१ को फेडेरल डिक्री ल नम्बर ३४ को धारा ४३ मा यस्तो व्यवस्था छ ।

यूएईले यस्ता गतिविधिमा शून्य सहनशीलता अँगिकार गरेको छ । सन् २०१८ मा एकजना व्यक्तिले अर्काको श्रीमतीलाई ह्वाट्सअपमा ‘इडियट’ भनेर म्यासेज गर्दा दुई महिनाको जेल सजायसहित २० हजार दिर्हाम जरिबाना तिर्नुपरेको थियो ।

 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया