पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना, ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढ्याे

 असार ४, २०८० सोमबार ६:१७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर, त्यहाँ हिन्द महासागरमा बनेको बिपरजोय आँधीको प्रभाव हल्का पर्ने मौसमविद्ले बताएका छन् । बिपरजोयको  प्रभावका कारण पश्चिम तराईमा आज बादल लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया