विश्व कप छनोट : दुई खेल जितेको जिम्बावे शीर्ष स्थानमा, नेपाल तेस्रोमा

 असार ५, २०८० मंगलबार २०:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।  नेपालका भीम सार्कीले नटआउट ७७ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी ३९ रनमा नटआउट रहे भने कुशल भुर्तेलले पनि ३९ रन नै बनाए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई  ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको  ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायाे । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए । 

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह 'ए' को शीर्ष स्थानमा छ । 

समान २/२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो  स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र नेदरल्याण्ड्स पुछारमा छ । नेपाल रहेको समूहमा जिम्बावेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया