मलाइका अरोडा खान र अर्जुन कपूर प्रेममा चुर्लुम्म, विवाह २०१९ मा हुन सक्ने

 कात्तिक १०, २०७५ शनिबार १५:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खानका भाई अरबाज खानकी पूर्व पत्नी मलाइका अरोडा खान र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्धको खबर यतिबेला चर्चामा रहेको छ । 

केही दिनअघि मलाइका र अर्जुनको एयरपोर्टको तस्बिर निकै भाइरल भएको थियो । तस्बिरमा मलाइका र अर्जुन एक अर्काको हात समातेका देखिन्थे । अहिले सार्वजनिक खबरहरुका अनुसार मलाइका र अर्जुन कपूर अर्को वर्ष विवाह गर्न सक्ने बताइएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार मलाइका र अर्जुनले आफूहरुबीचको सम्बन्धलाई छिट्टै नै आधिकारिक घोषणा गर्न चाहेको र २०१९ भित्रमा विवाह गर्न सक्ने बताइएको छ । 

खबरहरुका अनुसार मलाइका र अर्जुनबीचको प्रेम निकै गहिरो रहेको  र दुवै एक अर्काको साथमा निकै खुशी रहेको बताइएको छ । तसर्थ यी दुवै यस सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्छन् । 

मलाइका अरोडा खानले सन् २०१७ मा पति अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । अरबाज र मलाइकाबीचको विवाह टुट्नुको पछाडि पनि अर्जुन कपूर नै रहेको बताइएको थियो । त्यसैकारण अभिनेता सलमान खान अर्जुन कपूरसँग अहिले सम्म रिसाएका छन् । 

यस अघि मलाइकाले पति अरबाज खानसँगको विवाहका कारण अर्जुनसँगको प्रेमलाई लुकाएर राखेकी थिइन् । तर सम्बन्धविच्छेद पछि मलाइका र अर्जुन थुपै्र सार्वजनिक कार्यक्रमहरुमा एकअर्कासँग सहभागी हुन थालेका छन्  । 

केही दिनअघि मलाइका निर्णायकको भूमिकामा रहेको एउटा टेलिभिजन रियालिटी शो मा अर्जुन कपूर अभिनेत्री परिणीति चोपडासँग आफ्नो फिल्म ‘नमस्ते इंग्ल्याण्ड’ को प्रमोशनमा गएका थिए । त्यस शो मा समेत अर्जुन र मलाइकाले एकअर्काको हात समात्दै स्टेजमा गएका थिए । 

त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

मलाइका अरोडा खानसँग सम्बन्ध विच्छेद गर्न नचाहेका अरबाज खान सम्बन्ध विच्छेदपछि अहिले एउटी विदेशी मोडल जर्जिया एण्ड्रियानीलाई डेट गरिरहेका छन । 

अरबाज खान स्वयम्ले एउटा अन्तरवार्तामा आफू जर्जिया एण्ड्रियानीलाई डेट गरिरहेको कुरा सार्वजनिक गरेका थिए । तर तत्काल आफू कुनै पनि निर्णय लिन हतार नगर्ने कुरा समेत बताएका थिए । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया