विश्व कप छनोट : आयरल्यान्ड र यूएई खेल्दै, हार्ने टोलीसँग नेपालले प्लेअफ खेल्ने

 असार १२, २०८० मंगलबार ११:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् । आज आयरल्यान्ड र यूएई जिम्बावेको बुलाबायो स्पोर्टस् क्लबमा दिउँसो पौने १ बजे खेल्दैछन् । यो खेलमा हार्ने टोलीसँग नेपालले प्लेअफ खेल्नेछ ।

सुपर सिक्समा पुग्न असफल नेपाल समूह ‘ए’ मा चौथो हुँदै प्लेअफमा पुगेको छ । समूह ‘ए’ को अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रह्यो । नेपालले समूह ‘बी’ को पुछारको टोलीसँग आउँदो जुलाई २ तारिखमा खेल्नेछ । यो प्लेअफ खेलमा नेपाल विजयी भएमा सातौँ स्थानको लागि र पराजित भएमा नवौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्लेअफबाट ७ देखि १०औँ स्थानको निर्धारण हुनेछ । आजको अर्को खेलमा श्रीलङ्का र स्कटल्यान्ड खेल्दैछन् । यो खेल दिउँसो पौने १ बजे जिम्बावेको क्विन्स स्पोर्टस् क्लबमा शुरु हुनेछ । यो खेलको विजेता टोली समूह ‘बी’ को विजेता हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया