सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आयोजना गरेको चियापानमा नेताहरुसँग उभिएर फोटो खिच्ने होडबाजी नै चलेको छ ।
भृकुटीमण्डपमा चलिरहेको चियापान कार्यक्रममा शीर्ष नेताहरुले लाइनमा उभिएर पार्टी कार्यकर्ता र अरु आगन्तुकको स्वागत गरेका छन् । नेताहरुसँग हात मिलाउने क्रममा कार्यकर्ताले सेल्फी खिच्ने प्रयास गरेका छन् । तर लाइन लामो भएको र धेरैबेर उभिन नपाइने भएकाले सेल्फी खिच्ने धेरैको प्रयास बिफल भएको छ ।
शीर्ष नेताहरुसँग फोटो खिच्न नपाए पनि बाहिर चौरमा रहेका अरु नेताहरुसँग भने कार्यकर्ताले धित मर्ने गरी फोटो खिच्न पाएका छन् । फोटो खिचाउन खोज्नेहरुको आकर्षणमा युवा नेताहरु घनश्याम भुषाल र योगेश भट्टराई अग्रपंक्तिमा देखिनुभएको छ ।
विभिन्न जिल्लाबाट भेला भएका कार्यकर्ताले समूहमै उपस्थित भएर नेताहरुसँग फोटो खिचाएका छन् । यस्तै मन्त्रीहरु भानुभक्त ढकाल र शक्तिबहादुर बस्नेतसँग पनि फोटो खिच्नेहरुको घुइँचो देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।