सिँचाइ कुलो भत्किएपछि बैतडीको पञ्चेश्वरमा खेत बाँझै

 असार १३, २०८० बुधबार १३:१५:२५
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ ।

पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण खेत बाँझै रहेको हो ।

सिँचाइ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायत ठाउँका खेत बाँझै रहेको हो ।

यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय पञ्चेश्वरका रामसिंह मङ्गोलाले बताउनुभयो । 

नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघिदेखि करिडोर निर्माण थालिएको हो ।

तर, बैतडीको पञ्चेश्वरमा करिडोरको कामले गति लिन सकेको छैन । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया