श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा संसद विघटन

 कात्तिक १०, २०७५ शनिबार १८:१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आउँदो नोभेम्बर १६ तारिख सम्मका लागि संसद विघटन गरेका छन् ।

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको भोलिपल्ट यस्तो निर्णय गरेका हुन्।

यसअघि उनले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति चुनावमा आफैंले हराएका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षालाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसदमा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।

महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन्।

पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो । 

आफ्नै विरोधीलाई प्रधानमन्त्री 

महिन्दा राजापाक्षालाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षालाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् ।

वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षालाई प्रधानमन्त्री बनाएका छन्  ।

गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो ।’

नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् ।


 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया