बाँकेमा गलत भ्याक्सिन लगाएका कारण शिशुको निधन भएको परिवारको दाबी

 कात्तिक १०, २०७५ शनिबार १८:३५:८ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ रम्मपुरमा ५० दिने शिशुको निधन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय बासिन्दाले खोप लगाएका कारण नाबालकको ज्यान गएको भन्दै स्वास्थयकर्मीलाई कारबाही गर्न माग गरेका छन् । इन्द्रपुरका लामुद्धिन नाउ शुक्रबार बिहान १०.३० बजेतिर छोरालाई सुई लगाएर घर फर्केका थिए । बच्चाको शनिबार बिहान ४ बजेतिर निधन भएको परिवारले जनाएको छ ।

स्वास्थ्य चौकीमा शुक्रबार शिविर सञ्चालन भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख रामबहादुर चन्दले बालकको मृत्युको कारणका विषयमा छानबिन हुने बताउनुभयो ।

भ्याक्सिन लगाएको भोलिपल्ट घटना भएका कारण सोही कारण बालकको मृत्यु भएको भन्न नसकिने उहाँको भनाई छ । तर परिवारले आरोप लगाइसकेपछि  केन्द्रबाट छानबिन हुने उहाँले जानकारी दिनुभयो ।

परिवारले स्वास्थ्यकर्मीले फरक भ्याक्सिन लगाएका कारण ज्यान गएको दाबी गरेका छन् । शिविरमा बालकलाई डीपीटी, पोलियोे र पीसीबीको सुई लगाइएको थियो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया