मुन्द्रेको कमेडी क्लबमार्फत जितु नेपाल फेरि फर्किए सानो पर्दामा

 कात्तिक ११, २०७५ आइतबार १२:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कमेडी क्षेत्रका बादशाह मध्येका एक हुन हाँस्य कलाकार जितु नेपाल । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा, ट्वाक्क टुक्क हुँदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे । 

नेपाल टेलिभिजनमा प्रसारण हुने हाँस्य टेलिचलचित्र जिरे खुर्सानीबाट उनी कलाकार, लेखक, निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मस्तिष्कमा बस्न सफल भए । अहिले जिरे खुर्सानी बन्द भइसकेको छ । 

तर हाँस्य कलाकार जितु नेपाल भने दर्शकको नजरबाट टाढा भएका छैनन् । झन्डै ३ दर्जन चलचित्रको राष्ट्रिय कलाकार हुँदै उनी आफैँ कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ यतिबेला अत्याधिक सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्र छक्का पञ्जा ३ ले चलचित्र उद्योग नै तताइरहेका बेला उनी भने मुन्द्रे शोमार्फत सानो पर्दामा फर्किएका छन् । 

उनै जितु नेपाल अर्थात मुन्द्रेले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । उनले गर्न लागेको कार्यक्रमको नाम मुन्द्रेको कमेडी क्लब राखिएको छ । मुन्द्रेको कमेडी क्लब आउने १९ गतेबाट हरेक सोमबार राति ९ बजे प्रसारण हुन लगेको मुन्द्रेले बताए । 

उनले सुरु गर्न लागेको कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा अन्य हाँस्य कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रममा जितु नेपालसँगै दिपाश्री निरौला, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायत अन्य धेरै हाँस्य कलाकारहरुको जम्काभेट हुनेछ ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया