लिखु–२ आयोजनाकाे सुरुङमा हालेको पानी चुहिँदा पेकरनासका ४२ घरपरिवार जोखिममा

 असार ३१, २०८० आइतबार ११:८:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाले सुरुङमा हालेको पानी चुहिन थालेकाे छ । पानी चुहिएपछि उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास बस्तीका ४२ घरपरिवार जोखिममा परेका छन् । 

परीक्षणको लागि ९ महिनाअघि सुरुङमा हालिएको पानी चुहिएर तल्लो भागको बस्ती नै जोखिममा परेपछि सुरुङमा पानी पठाउन बन्द गरिएको थियो । तर, केही समय अघिदेखि आयाेजनाले फेरि सुरुङमा हालेकाे पानी चुँहिदा  बस्ती जलमग्न भएकाे स्थानीय राजेन्द्र घिमिरेले बताउनु भएकाे छ । पानी चुहिएर बस्ती नै जोखिममा परेपछि स्थानीयहरुले असुरक्षा भएको भन्दै सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरेका छन् । 

यसअघि पनि सुरुङमा हालेकाे पानी चुँहिदा पेकरनास बस्तीका १६ घर परिवार जाेखिममा परेका थिए । पहिराेकाे जाेखिम भएपछि सुरक्षित ठाउँमा सारिएका १६ परिवारलाई आयोजनाले नै खाना र बस्ने व्यवस्था गर्दै आएको छ ।

पानी चुहिएपछि केही समयअघि पेकरनास पुगेकाे रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टोलीले पहिराे जान सक्ने भन्दै सुरुङमा पानी बन्द गर्न निर्देशनका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।

 गृहले विद्युत् विकास विभागलाई पत्राचार गरेपछि आयोजनाले सुरुङमा केही समयको लागि पानी हाल्न बन्द गरेको थियो । तर, आयाेजनाले पुनः सुरुङमा पानी पठाएपछि बस्ती जलमग्न भएकाे हाे । याे जलविद्युत् आयाेजना दुगड समूहले निर्माण गरेकाे हाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया