बैंक भित्रैबाट सेवाग्राहीको १७ लाख नगद लुटियो

 कात्तिक १२, २०७५ सोमबार १४:१४:२३ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकका शाखा कार्यालयमा रकम जम्मा गर्न गएका एकजना सेवाग्राहीको रकम बैंक हाताभित्रैबाट लुटिएको छ ।

आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुरुङले रकम बोकेको झोला काउण्टरमा राखेर भौचर भर्दै गर्दा उनको झोलासहित पैसा चोरी भएको हो ।

बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने व्यक्ति भाग्न सफल भएको जनाइएको छ । सीसी क्यामराको फुटेजबाट लुटेराको पहिचान भइरहेको प्रहरिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया