दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

 साउन ८, २०८० सोमबार १२:५३:७ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ ।

सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको हाे।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकाेमा उनकाे उपचारका क्रममा ज्यान गएकाे हाे। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया