कपिलवस्तुमा टिप्पर र बस ठोक्किए : तीन जनाको ज्यान गयो, ३३ घाइते

 कात्तिक १२, २०७५ सोमबार १७:४५:३ | गोपाल भण्डारी
unn.prixa.net


कपिलवस्तु – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोरुसिंगे जंगलमा टिप्पर र बस एक आपसमा ठोक्किँदा ठक्कर ती जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । 

दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरी उपरीक्षक रवि रावलले बताउनु भयो । 

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट आएको लु २ ख १४ ७७ नम्बरको टिप्पर एक आसमा ठोक्किएको थियो ।

टिप्परको ठक्करबाट बसको आगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया