राेल्पामा विषालु च्याउ खाएर बिरामी परेकी एक महिलाकाे ज्यान गयाे

 साउन १३, २०८० शनिबार १६:२८:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ - रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाकाे ज्यान गएको छ । विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको  छ।

असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया राेशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी परेका थिए । बिरामीपरेकामध्ये बिमलाकाे आज शनिवार बिहान उपचारका क्रममा ज्यान गएकाे हाे ।

च्याउ खाएर बिरामी परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार सम्भव नभएपछि असार ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल लगिएकाे थियाे ।  त्यही परिवारकै ‍सात वर्षकी रोशनी विकको भने श्रावण २ गते उपचारका क्रममा ज्यान गएको थियो ।

यस्तै, विषालु च्याउ खाएर बिरामी परेका त्यही ठाउँका ३५ वर्षीया भीमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको असार २५ गते ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया