दाङमा माेटरसाइकल दुर्घटनामा परि एक युवककाे ज्यान गयाे

 साउन १३, २०८० शनिबार १९:५५:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मोटरसाइकल दुर्घटनामा परि एक युवककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको ज्यान गएकाे हाे । 

आज शनिवार बिहान दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको  मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको हाे । 

दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया