बर्दियामा एक अर्ब रुपैयाँ लगानीमा ‘स्काई ब्रिज’ निर्माण गरिने

 साउन १४, २०८० आइतबार १२:५८:२८ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जाेड्ने गरी नेपालकाे सबैभन्दा लामाे ‘स्काई ब्रिज’ निर्माण हुने भएकाे छ ।

हात्तीसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेश सरकारले स्काई ब्रिज निर्माण गर्न लागेकाे हाे ।

शनिवार हिजाे ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदेशस्तरीय अनुभव आदानप्रदान एवं पैरवी कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस्ताे प्रतिबद्धता जनाउनु भएकाे हाे । 

‘बर्दिया विकासका पूर्वाधारमा  पछाडि परेको छ । स्काई ब्रिजकाे निर्माण पछि यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको सङ्ख्या उल्लेख्य वृद्धि हुने अपेक्षा राखेका छाैँ  । भारत लगायतका अन्य देशहरुसँग सहकार्य गर्दै यहाँकाे प्रचारप्रसारमा सहयोग पुर्याउन लागि पर्छु’ उहाँले भन्नुभयो ।

पर्यटन प्रवर्द्धन गर्न तथा दुई पालिकालाई प्रत्यक्ष रुपमा जाेड्नका लागि ब्रिज बनाउन लागिएकाे उहाँले बताउनु भयाे । साथै उहाँले प्रदेशका सबै जिल्लामा बसाेबास गर्ने जनजाति समुदायले घरमा बनाउने लाेकल जाँड रक्सीकाे ब्रान्डिङ गरेर बिक्री गरी आयआर्जनमा सहयाेग पुर्याउने बताउनु भयाे । 

यस्तै, मानव र वन्यजन्तुबीच द्वन्द्व रहेको बर्दियामा घाँस, दाउराका लागि वन जङ्गलमा आश्रित परिवारलाई ग्यास तथा विद्युतीय चुलो दिन बजेट छुट्याइने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • Narayan Prasad Shrestha

    Aug. 3, 2023, 3:30 p.m.

    बिकास भनेको सडक़, स्कूल, अस्पताल, उद्योग, कृषी उत्पादन बृद्धी आदि मा लगानी गर्नु हो

  •  0 Reply
  • Lalit raj nepal

    July 31, 2023, 7:19 p.m.

    Good work

  •  0 Reply

तपाईको प्रतिक्रिया