मूलपूजाका लागि सिँगारियाे बडीमालिका मन्दिर

 साउन १७, २०८० बुधबार १४:३७:३ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका–८ उपरकोटमा रहेको बडीमालीका मन्दिरमा आउँदो भदौ १४ गते चतुर्दशीका दिन मूलपुजा हुने भएको छ ।

सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको मुख्य पूजाका लागि मन्दिर रङरोगन गरी चिटिक्क सिँगारिएको छ । यस मन्दिरमा पूजा गर्नका लागि डोटी, बाजुरा र जुम्लाबाट सरकारी पूजा टोली हरेक वर्ष खटिने गरेको छ ।

पूजाको तयारी गर्न बाजुरामा कार्यरत डोटी घर भएका कर्मचारीले व्यक्तिगतरूपमा रकम सङ्कलन गरेर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अगुवाइमा मन्दिर सिँगारेको डोटेली समाजका सदस्य दिनेश भण्डारीले बताउनुभयो । सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटक पूजा गर्न र प्रकृतिसँग रमाउन त्यहाँ जाने गरेका छन् ।

‘झन्डै १४ हजार फिट उचाइमा रहेको भूमिमा रहेका समथर हरिया फाँट अनि त्यसमाथि फुलेका दर्जनौँ प्रजातिका फूलको रमणीयता हेर्दा बडीमालिका साँच्चै प्रकृतिको अनुपम उपहार रहेकाे अनुभव हुन्छ’, पुजारी भानुभक्त जोशी सुनाउनुहुन्छ । ‘मागेको वरदान पूरा हुन्छ’ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको यहाँ आउने भक्तजन बताउँछन् ।

तस्बिर : निमेन्द्र शाही/बाजुरा

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया