श्रम गन्तव्य देश यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतमा घनश्याम लम्साल राजदूतमा  अनुमोदन

 साउन १८, २०८० बिहिबार १८:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिक रोजगारीका लागि धेरै जाने देश यूएईको राजदूतका लागि तेजबहादुर क्षेत्रीको नाम संसदीय समितिले अनुमोदन गरेको छ ।

अर्को श्रम गन्तव्य देश कुवेतका लागि घनश्याम लम्साल आवासीय राजदूतको रूपमा अनुमोदन हुनुभएको छ ।

संसदीय सुनुवाइ समितिले बिहीबार उहाँहरूको नाम अनुमोदन गरेको हो । कुवेत र यूएईसहित विभिन्न छ देशका लागि सरकारले सिफारिस गरेका छ जना राजदूतको नाम बिहीबार संसदीय सुनुवाइ गरेर समितिले अनुमोदन गरेको हो ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधिका तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदीको नाम समितिले अनुमोदन गरेको छ ।

थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि सुधीर भट्टराई राजदूतको नाम अनुमोदन भएको छ । 

सरकारले सिफारिस गरेको राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया