माओवादीकाे केन्द्रीय समितिमा २२ जना महिला थपिए

 साउन १९, २०८० शुक्रबार १८:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय बनेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु आजदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

यसैबीच नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी निरन्तर ओरालो लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पार्टी बिग्रनुमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको भन्दै रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

बैठकमा पार्टीप्रति गुनासो गर्नेहरुले सरकारका काम कारबाहीको भने प्रशंसा गरेका छन् । बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रशङ्ग पनि उठेको छ ।

केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै महरा आफैँले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताउनुभयो । उहाँले पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया