बैतडीको सिद्धपुरमा बाघ आतंक !

 कात्तिक १३, २०७५ मंगलबार १६:१३:३८ | जयराज अवस्थी
unn.prixa.net

फाइल तस्बिर

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर १० सिद्धपुरमा बाघले आतंक मच्चाएको छ ।

बाघको आतंकले स्थानीय त्रसित भएका छन् । बाघले हतास, बन्तड र बाजा क्षेत्रका बासिन्दाको बाख्रा ,बाच्छा–बाच्छी खाएको स्थानीयहरुले बताएका छन । एक हप्ताको अवधिमा बाघले ३ बाख्रा र १ बाच्छी खाएको स्थानीय तुलसी महराले जानकारी दिनुभयो । कलखाया र सलानी सामुदायिक  वनमा दिनदहाडै बाघ देखिने गरेको अर्का स्थानीय तारादत्त पन्तले बताउनुभयो ।

पन्तका अनुसार बाघले गर्दा त्यहाँका स्थानीयहरु घाँस, दाउरा ल्याउनको लागि जङ्गल जान समेत डराउने गरेका छन् । प्रत्येक दिन बाघले बाख्रा, बाच्छा–बाच्छी खान थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

आफूले पालेका घरपालुवा जनावारहरु बाघले खान थालेपछि चिन्तित भएको स्थानीय बासिन्दाले बताएका छन् । साथै स्थानीयहरुले बाघ नियन्त्रणको पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । 

अन्तिम अपडेट: चैत १८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया