वर्षातका कारण भीमदत्त राजमार्ग भासिँदा गाडी आवतजावत ठप्प

 साउन २३, २०८० मंगलबार १३:९:३५ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिमकाे सात वटा जिल्ला जाेड्ने भीमदत्त राजमार्ग भासिएकाे छ।

राजमार्ग अन्तर्गत कैलालीकाे खानीडाँडादेखि बुढीताेलासम्मकाे सडक खण्ड भासिएपछि गाडी आवतजावत ठप्प भएकाे छ ।

गएरातिदेखिकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेका कारण सडक अवरुद्ध भएकाे हाे। 

पहिरो खस्ने क्रम जारी रहेको र सडकमा रुखहरु समेत ढलेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएकाे छ । 

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डोटी आवतजावत गर्ने गाडी बीच बाटाेमै राेकिएका छन् । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया