भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

 साउन २७, २०८० शनिबार १२:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ ।

शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।

तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले जितेको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया