इटालीमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु

 कात्तिक १४, २०७५ बुधबार ७:६:२९ | एजेन्सी
unn.prixa.net

इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ । 

इटालीको  पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ । 

भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम खराब हुने अनुमान गरेका छन् । 

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया