भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

 साउन ३२, २०८० बिहिबार ९:५७:४८ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहीवार ६ घण्टाका लागि बन्द हुने भएकाे छ ।

साउन २२ गते साेमवार पहिराेले भासिएकाे गोदावरी नगरपालिका–४ को बुढीतोलामा सडक मर्मतका लागि आज बिहान १२ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग बन्द गर्न लागिएकाे हाे।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले पहिरो हटाए पनि  हिलो र पानी बग्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न लागिएकाे जानकारी दिनुभयाे। 

याे क्षेत्रमा गाडी चले पनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत् निकास दिइने उहाँले बताउनु भयाे । 

पहिराेका कारण साेमवारदेखि अवरुद्ध भएकाे भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको अभाव हुँदै आएको छ । गाडी चल्न बन्द भएका कारण यात्रुहरुले पनि निकै सास्ती भाेग्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया