न्युजिल्यान्डले १० वर्षपछि आउँदाे महिना बङ्गलादेशमा एकदिवसीय शृङ्खला खेल्ने

 साउन ३२, २०८० बिहिबार १६:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्ड क्रिकेट टिमले १० वर्षपछि आउँदाे सेप्टेम्बरमा बङ्गलादेशको भ्रमण गर्ने भएको छ ।

सन् २०१३ पछि न्युजिल्यान्ड पहिलो पटक आउँदो महिना बङ्गलादेश गएर एकदिवसीय र टेस्ट शृङ्खला खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ ।

बङ्गलादेश क्रिकेट बोर्डले आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ अघि न्युजिल्यान्डसँग तीन वटा एकदिवसीय खेल हुने तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर २१ तारिखमा एकदिवसीय खेलसँगै शृङ्खला शुरु हुनेछ । टेस्ट क्रिकेट भने नोभेम्बर र डिसेम्बरमा हुनेछ । तीन वटै एकदिवसीय खेल मिरपुरको शेर–ए–बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियममा हुने तय भएको छ । विश्वकपको समाप्तिपछि नोभेम्बरको अन्त्यबाट टेस्ट शृङ्खला शुरु हुने छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया