चेल्सी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा

 कात्तिक १५, २०७५ बिहिबार ७:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्लबका पूर्व खेलाडी फ्रान्क लाम्पार्डकाे प्रशिक्षणमा रहेकाे च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३ – २ ले हराएर चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो ।

चेल्सीको मैदानमा भएकाे खेलमा डर्बीका दुई खेलाडीले आत्मघाती गोल गरे । लामाे समयपछि स्टामफाेर्ड ब्रिजमा पुगेका लामपार्डकाे क्लव डर्वीका चार खेलाडीले गाेल गरे पनि चेल्सीले जित निकाल्याे ।

डिफेन्डर फिकायो टोमोरीको आत्मघाती गोलका कारण चेल्सीले पाँचौ मिनेटमा अग्रता लिएको थियो । तर, नवौं मिनेटमा डर्बीका मार्रियोटले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि खेलको २१ औं मिनेटमा डर्बीका रिचार्डले फेरी आत्मघाती गोल गर्दा चेल्सीले २ – १ को अग्रता बनायो । २७ औं मिनेटमा डर्बीकै मार्टियन वागहोर्नकाे गाेलबाट डर्वीले खेल २ – २ को स्थितिमा पुर्‍यायाे । निकै राेमाञ्चक बनेकाे खेलकाे ४१ औं मिनेटमा फ्याब्रिग्यासले गाेल गरेपछि चेल्सीले कठिन जित निकाल्दै अन्तिम अाठमा स्थान बनायाे ।

अब चेल्सीले क्वाटरफाइनलमा बोर्नेमाउथसंग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया