चीनमा अभ्यास खेल सकेर राष्ट्रिय महिला टोली अाज म्यानमार जाँदै

 कात्तिक १५, २०७५ बिहीबार ९:३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा अभ्यास खेल सकेएर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार म्यानमार जाँदैछ । ओलम्पिक छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम चीनबाट सोझै म्यानमार जानेछ ।

म्यानमारमा हुने ओलम्पिक छनोटमा नेपाल, भारत, बंगलादेश र म्यानमार छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमारसँग र २७ गते बंगलादेशसँग खेल्नेछ । नेपाली टिममा २२ खेलाडी, दुई प्रशिक्षक र दुई जना अफिसियल छन् ।

टिममा गोलकिपर एन्जिला सुब्बा, रुपा रानामगर र लीला लाम्गाडे छन् भने डिफेन्समा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजे , मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् ।

यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, विमला चौधरी, दिपा अधिकारी, अनिता बस्नेत, दिपा न्यौपाने छन् भने स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया