आठ महिनामा कुवेतले गर्‍यो २५ हजारभन्दा धेरै विदेशी नागरिकलाई ‘डिपोर्ट’

 भदौ १२, २०८० मंगलबार १७:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  गएको ८ महिनामा कुवेतले २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला ‘डिपोर्ट’ गरेको छ । 

जनवरी २०२३ देखि अगष्ट १९ सम्ममा आठ महिनाको अवधिमा कुवेत बसोबासको नियम उल्लङ्घन गर्ने २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला गरिएको गल्फ न्युजले समाचार लेखेको छ । जसमध्येमा १० हजार जना महिला रहेका छन् । 

दैनिक जसो एक सयभन्दा धेरैको सङ्ख्यामा विदेशी नागरिकहरूलाई कुवेतले डिपोर्ट गरिरहेको छ ।

डिपोर्ट गरिएकाहरूले बसोबासको नियमसँगै लागू औषधको दुर्व्यसनी र वितरण गर्ने, माग्नेहरू र राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका विभिन्न कानुनको उल्लङ्घन गरेको कुवेतले जनाएको छ ।

पछिल्लो समय कुवेतका प्रथम उपप्रधान तथा इन्टेरियर मन्त्री शेख तलाल अल खालिदले देशलाई कानुन उल्लङ्घन गर्नेहरूबाट सुरक्षित राख्ने नीति ल्याउनु भएको छ । यो नीतिसँगै कुवेतले कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूलाई देश निकाला गरेर स्वदेश फर्काई दिइरहेको छ । 

यसका साथै कुवेतले आफ्नो देशको जनसङ्ख्या र विदेशी नागरिकहरुबीच सन्तुलन कायम गर्न खोजिरहेको छ भने देशमा हुने अनियमित रोजगारीको अन्त्य गर्ने कुवेतको नीति रहेको छ ।

कुवेतमा कुवेती नागरिकभन्दा धेरै विदेशी नागरिकहरुको सङ्ख्या रहेको छ । जम्मा जनसङ्ख्याको ६० प्रतिशत विदेशी नागरिक छन् भने ३८ देखि ४२ प्रतिशत मात्रै कुवेती नागरिकको बसोबास रहेको छ ।

विदेशी नागरिकहरुमा सबैभन्दा धेरै एसियन देशका नागरिकहरू रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया