दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडाैं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ । निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाइनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भैरहेको छ ।
कालोपत्रे गर्नका लागि मात्रै कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । आयोजनाका निमित्त प्रमुख अधिकारीका अनुसार विमानस्थलको अराईभलको सम्पूर्ण संरचना पुरा भएको छ भने डिपार्टरको पनि अधिकांश संरचना पूरा भएको छ । अहिले सम्मको संरचना निर्माणको दृष्टिकोणबाट ५५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो पटक थप भएको म्याद अनुसार जुन २८, २०१९ अर्थात् २०७६ असार १३ गते सम्ममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सम्पुर्ण निर्माण कार्य सम्मपन्न गरि उडान भर्ने लक्ष आयोजनाले लिएको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्राविधिकदेखि त्यससँग अन्तरसम्बन्धित विभिन्न पक्षको काम सम्पन्न हुनुपर्ने भएकाले पूर्ण रुपमा नसकिए पनि सिमित उडान भने २०७६ असार १३ देखि नै सुरु गर्ने तयारी आयोजनाले गरेको छ ।
समयमा निर्माण सम्पन्न नभएपछि आयोजनाका लागि पटक पटक म्याद थप गरिएको थियो । ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय १७ रुपैयामा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन गु्रुप चाईनाले विमानस्थल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि एसियाली विकास बैकको ऋण ४० दशमलव ५ प्रतिशत र अनुदान सहायता १८ प्रतिशत, साउदी अरबको साउदी फण्डबाट ३० दशमलव ५ प्रतिशत र नेपाल सरकारले ११ प्रतिशत लगानी रहेको छ ।
२०२३ सालदेखि नियमित उडान गर्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको पर्याप्त जग्गा भए पनि अन्र्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना संगै २०६३ सालमा २ सय १३ विघा जग्गा थप गरी ७ सय ८७ विघा पुराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।