दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
दाङ – दाङमा १६ लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचार्ज कार्ड समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
रिचार्ज चोरी गरी रोल्पा थवाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
उनलाई पक्राउ गरेपछि रोल्पा र उनको ससुराली प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा लुकाई छिपाई राखेको अवस्थामा रिजार्च कार्ड बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।
रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो । त्यस्तै प्यूठानबाट ५० दरका रिचार्जकार्ड तीन हजार छ सय थान र एकसय दरका आठ हजार पाँच सय थान र पाँच सय दरका तीन सय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
जम्मा १६ लाख दश हजार बरामद गरिएको छ र थप रिचार्ज कार्डका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । असोज २३ गते रिचार्जकार्ड चोरी भएको भए पनि २१ दिनपछि बुधबार उनलाई पक्राउ गरिएको हो । ना ६ ख ९३४५ नम्बरको गाडीबाट दाङ–चितवन लैजाँदै गरेका रिचार्ज कार्ड बीचबाटोमै चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।