वेस्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखला भारतकाे पाेल्टामा

 कात्तिक १५, २०७५ बिहीबार १८:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइन्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ ।

बिहीबार भएको अन्तिम एकदिवसीय क्रिकेटमा वेष्टइन्डिजमाथि ९ विकेटको जित निकाल्दै श्रृंखला भारतले ३–१ ले जितेको हो । पहिलो एकदिवसीय क्रिकेट भारतले आफ्नो पोल्टामा पार्दा दोस्रो भने ‘टाइ’ भएको थियो ।

तेस्रो खेल जित्दै श्रृंखला १–१ मा ल्याएको वेष्टइन्डिज चौथो र पाँचौं खेलमा पराजित भए पछि श्रृंखला ३–१ ले गुमाउन बाध्य भयो ।

बिहीबार भएको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टन्डिज ३१ दशमलब ५ ओभरमा १०४ रन बनाउँदै अल आउट भएको थियो । वेस्टइन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २५ रन बनाउँदा मार्लोन स्यामूयल्सले २४ रन बनाए ।

भारतका रविन्द्र जडेजाले ४ विकेट लिएका थिए । त्यसैगरी जसप्रित ब्रुमराह र खलिल अहमदले दुई दुई विकेट लिए।

१०५ रनको सामान्य लक्ष्य भारतले १ मात्र विकेट गुमाएर पुरा गरेकाे थियाे । रोहित शर्मा ६३ तथा विराट कोहली ३३ रनमा नट आउट रहे ।

शिखर धवन ६ रनमा आउट भएका थिए । वेस्टइन्डिजका वेस्ने थोमसले १ विकेट लिए । पाँच एकदिवसीय श्रृंखला सकिएसँगै अब तीन वटा टी ट्वान्टी हुने छ । पहिलो टी ट्वान्टी आइतबार हुने छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया