डाेटीमा सेती नदीमा बगेर एक बालक बेपत्ता

 भदौ २३, २०८० शनिबार ९:४९:५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।

डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार हिजाे दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया