दुई सय बाँदर समातेर खोरमा, पालनपोषण गर्नै समस्या

 कात्तिक १५, २०७५ शुक्रबार ५:४४:२६ | रासस
unn.prixa.net

पर्वत - बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । 

दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म ६ वटै वडाबाट गरी तीन महीनामा २२० बाँदर नियन्त्रणमा लिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरेको थियो । 

बाँदर नियन्त्रणका लागि भारतीय, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका बाँदरलाई वडा नं ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ । बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुर भए पनि प्रदेश सरकार, वन विभाग, वन तथा वातावरण मन्त्रालयलगायत झण्डै एक दर्जन निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको प्रवक्ता उच्चैले जानकारी दिनुभयो । यसरी नियन्त्रण गरेपछि बालीनाली जोगिए पनि यिनीहरुलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधि उपचार गर्न समस्या परेको बताइएको छ । 

बाँदरलाई दैनिक आवश्यक पर्ने खानाका लागि फलफूल, मकै, धान, तरकारी, आलु स्थानीयवासीले नै दिँदै आएका छन् । दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्ने अध्यक्ष पौडेलले बताउनुभयो । आधुनिक प्रविधिको पासो लगाएर बाँदर नियन्त्रण गर्ने काम जारी छ ।

भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल तथा तरकारी बाली सखाप पार्ने गरेकामा गत साउनयता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताउनुभयो । 
––– 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया