नेपाली कांग्रेसको चियापान कार्यक्रम आज, एक लाख जनालाई निमन्त्रणा

 कात्तिक १६, २०७५ शुक्रबार ८:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ं – नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै शुक्रबार दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको  कांग्रेसले जनाएको छ ।

यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले गएको शनिबार चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपाले चियापान कार्यक्रममा झण्डैै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । चियापानको नाममा अनावश्यक खर्च गरेको भन्दै नेकपा र कांगे्रसको जनस्तरबाट आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया