रामेछापमा अस्पताल बनाउन दाजुभाइले गरे जग्गादान

 असोज २, २०८० मंगलबार ११:५७:४१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माणका लागि स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङले दुई रोपनी जग्गा उपलब्ध गराउनु भएकाे हाे ।  गाउँमा अस्पताल नहुँदा आफ्नाे आमाले ज्यान गुमाएपछि अन्यकाे अकालमा ज्यान नजाओस् भनेर जग्गा दान गरेकाे उनीहरुले बताएका छन् ।

स्थानीय डा.दिलबहादुर तामाङले अस्पताल निमार्ण गर्ने योजना अघि सार्नुभएकाे हाे ।  उनीहरुले  कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्टेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् । 

दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ । अहिले निमार्ण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बीच केन्द्रबिन्दुमा पर्ने भएकाले याे क्षेत्रमा अस्पताल अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन् ।    

अन्तिम अपडेट: बैशाख १५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया