प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै

 असोज ६, २०८० शनिबार ६:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कनुभएको हो।

प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्नको लागि चीन जानुभएको हो ।

न्युयोर्कबाट प्रधानमन्त्रीको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अरु परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका छन् । अरु टोली नेपालबाटै चीनतर्फ लागिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने तय भएको छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट त्यहीँ पुग्ने भएपछि आज भेट हुने भएको हो । औपचारिक भेटवार्ता भएसँगै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद समारोहमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री भोलि बेइजिङ पुग्ने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया