प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा

 असोज ६, २०८० शनिबार ११:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङझाउ विमानस्थलमा पुग्नु भएको छ । आठ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान हाङझाउ विमानस्थल पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गर्नुभएको छ । उहाँ आज हाङजाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, आजै उहाँले हाङझाउमा नै चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो ।

 

     

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया