माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा

 असोज ८, २०८० सोमबार १५:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । माल्दिभ्सका लागि आदम रशिदले गाेल गरे ।

नेपाल २ खेलमा ३ अङ्कसहित समूह 'ए' काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । नेपालले सेमिफाइनलमा समूह 'बी' को विजेतासँग खेल्नेछ । आजै बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचकाे खेलबाट समूह 'बी' काे विजेताकाे टुङ्गाे लाग्नेछ । नेपाल रहेकाे समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ ।

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग १–० गाेलले पराजित भएकाे थियाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया