पीएसजीले यसरी तोड्यो टोटनह्यामको ५८ वर्ष पुरानो रेकर्ड

 कात्तिक १७, २०७५ शनिबार ९:५७:३ | एजेन्सी
unn.prixa.net

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले टोटनह्यामको ५८ वर्ष पुरानो युरोपियन कीर्तिमानलाई तोडेको छ । पीएसजीले यो सिजनको लिग वानमा लीलीलाई हराएसँगै लगातार १२ औं खेलमा जित निकाल्ने नयाँ किर्तीमान बनाएको हो ।

लिग वान अन्तर्गत पीएसजीले लीलीलाई दुई–एकले हराउँदै आफ्नो अग्रता फराकिलो पारेको छ । यसअघि टोनटह्यामले १९६०–६१ मा लगातार ११ खेलमा जित निकाल्दै कीर्तिमान राखेको थियो । युरोपियन शीर्ष ५ लिगमा लगातार जित निकाल्ने पीएसजी अब पहिलो क्लव बनेको छ । पीएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७० औं मिनेटमा एमबाप्पेले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि ८४ औं मिनेटमा नेइमारले पीएसजीका लागि दोस्रो गोल गरे । 

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा लीलीका लागि पेपेले एक गोल फर्काएपछि हार टार्न सकेनन् । यो जितसँगै पीएसजीले १२ खेलबाट स्पष्ट ३६ अंक बनाउदै लिगको दोस्रो स्थानमा रहेको लीली भन्दा ११ अंकको अग्रता बनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया