एक पाकिस्तानी अभिनेता जो नेपालमा ‘पण्डित’ बने

 कात्तिक १७, २०७५ शनिबार १३:४:२८ | उज्यालो सहकर्मी

हमीद शेखले हिन्दू नेता तथा पण्डितकाे भूमिका निर्वाह गरेका छन्

हिन्दू–मुलमानबीचको तनावको विषयमा केन्द्रित हलिउड फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को नेपालमा शूटिङ सकिएको छ । आउँदो महिना यो फिल्म रिलिज हुनेछ ।

यस चलचित्रमा हिन्दू पण्डितको भूमिकामा देखिएका छन्  पाकिस्तानका चर्चित अभिनेता हमीद शेख । त्यस्तै एक मुस्लिम व्यक्तिको भूमिकामा छन् बलिउड अभिनेता गुलशन ग्रोवर ।

हमीद शेख पाकिस्तानको बलुचिस्तानका हुन् । उनी पीटीभी क्वेटामा पनि आवद्ध रहेका छन् । यसका अलावा चलचित्र ‘मोर’ उनको प्रमुख भूमिका देख्न सकिन्छ । त्यस्तै ‘खुदाके लिए’ मा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

चलचित्र द म्यान फ्रम काठमाण्डूकाे पाेस्टर

शेख आफूले नयाँ–नयाँ भूमिका निर्वाह गर्न मन पराउने बताउँछन् । बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘चलचित्र मोर हुँदै एक पण्डितको भूमिका निर्वाह गर्न मलाई खासै कठिन भएन । अभिनेताका रुपमा म केही कुरा पनि सम्झन्छु । बलिउडको असर तथा मेरा केही हिन्दू साथी भएकाले यो भूमिका मैले सहजै निर्वाह गर्न सफल भएँ ।’

आफू अन्तर–धार्मिक वातावरणमा हुर्केका कारण पनि यस्तो भूमिका निर्वाह गर्न सजिलो भएको अभिनेता शेख बताउँछन् । ‘क्वेटामा मेरो घरको एकातर्फ हिन्दू मन्दिर रहेको छ भने अर्कोतर्फ पारसीहरुको कोलोनी र धार्मिक स्थल रहेको छ । त्यस्तै घरको पछाडिपट्टि अहमदीहरुको धार्मिक स्थल । यी सबै चिज सानैबाट देखेर हुर्केँ ।’

नेपाली चलचित्र निर्देशक

हमीद शेखका अनुसार ‘द म्यान फ्रम काठमाण्डू’ को कथा एम मुसलमान युवकमाथि केन्द्रित रहेको छ । ती युवक अमेरिकाबाट नेपाल आएर आफ्नो बुवाको विरासत पत्ता लगाउन चाहन्छन् । त्यसै क्रममा उनको भेट एक मुसलमान नेता(गुल्शन ग्रोवर)सँग हुन्छ ।

उनी ती युवकलाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् तर सफल हुँदैनन् । 

हमीद शेख भन्छन्, ‘त्यही समय मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ । म एक हिन्दू नेता तथा पण्डितको भूमिकामा छु ।’

यो चलचित्रका निर्देशक पेमा धोन्डुप हुन् । उनका पूर्वज तिब्बतबाट नेपाल आएका हुन् । पेमाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका हुन् । उनको आफ्नै चलचित्र निर्माण कम्पनी छ, जुन हलिउडमा दर्ता भएको छ ।

गुलशन ग्राेवर एक मुस्लिम नेताकाे भूमिकामा

गुलशन ग्रोवरले यो चलचित्र पेमाले नै लेखेको भन्दै यसो भन्छन्, ‘म आफ्नो कामलाई निकै ध्यान दिन्छु । म आफ्नो साथीलाई अझ बढी प्राथमिकता दिन्छु । पेमा मेरा साथी हुन् । फिल्मको छायांकनका लागि समय नै निस्किएको थिएन । साथै दाह्री पनि पाल्नु थियो तर सबै ठीक भयो ।’

पाकिस्तान घुम्न चाहन्छन् ग्रोवर

हमीद शेख

हमीद शेख गुलशन ग्रोवरलाई निकै असल व्यक्तिका रुपमा लिन्छन् ।  आफूलाई ग्रोवरले धेरै कुरा सिकाएको बताउँदै शेख भन्छन्, ‘हामी साँझमा दालरोटी खान्थ्यौँ र गफ गर्थ्यौँ । उनको खानदानको सम्बन्ध पनि रावलपिण्डीसँग जोडिएको रहेछ । उनी आफ्नो पुस्तैनी घर हेर्न चाहन्छन् । त्यहाँका मान्छेसँग भेट्न चाहन्छन् ।’

ट्रेलर हेर्नुहाेस्

‘द म्यान फ्रम काठमाण्डू’ अमेरिकाका अलावा नेपाल र भारतमा रिलिज हुनेछ । हमीदका अनुसार चलचित्रलाई पाकिस्तानमा पनि रिलिज गर्ने प्रयास गरिएको छ ।हमीद यसभन्दा पहिले पनि अमेरिकी चलचित्रमा काम गरिसकेका छन् । अमेकिरी चलचित्रकर्मीहरु व्यावसायिक भएको उनी बताउँछन् । 

हमीद शेख ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र बनाउन चाहन्छन् । त्यसका लागि आफूले रिसर्च गरिरहेको उनी बताउँछन् । ब्रिटिस शासनकालको केही विषय लिएर आफूले चलचित्र बनाउन लागेको हमीद बताउँछन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया