फ्लोरिकल्चर एशोसियशनका उपाध्यक्ष भन्छन् : स्वदेशी फूलको उत्पादनले नै तिहारको माग धान्छ

 कात्तिक १७, २०७५ शनिबार १३:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – फ्लोरिकल्चर एशोसियशनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ ।

तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियशनले अघिल्लो वर्ष जस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

यद्यपी ग्रामिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियशनले जनाएको छ । पछिल्ला वर्षमा गोदावरी फूलको व्यवसायिक विकास र विस्तार हुँदै गएकाले अब तिहारका लागि आवश्यक फूल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियशनका उपाध्यक्ष शिवबहादुर खड्काले बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायकको वार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहेको एशोसियशनले जनाएको छ ।

पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् भने ४३ जिल्लामा व्यवसायिक पुष्प खेती बिस्तार भइसकेको छ । एसोसियशनले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८६ करोड बढीको कारोबार भएको जनाएको छ ।

देशभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियशनले जनाएको छ ।

यसैबीच ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्य साथ प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ । गएको बिहीबारदेखि जारी प्रर्दशनीमा गोदावरी फूलका विभिन्न प्रजातिका साथै मखमली, सयपत्री, बगानवेली, धूपीलगायत झण्डै ५ सय प्रकारका फूल राखिएको छ ।

फूलका पारखीहरुले मेला अवलोकन गरी विभिन्न जातका फूलहरु किनिरहेका देखिन्छन् । अवलोकनकर्ताहरु फूलै फूलले सजिएको मेलामा फोटो खिच्न पनि व्यस्थ देखिन्छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया